देश

माडी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई बालिका बेपत्ता

जगत ठाडा मगर
२०७८ साउन ५ | मध्यान्ह ०१:०४ बजे

प्यूठान । प्यूठानको माडी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई बालिका बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा प्युठान जिल्लाको सरुमारानी गाउँपालिका–४ बैकेका बोम बहादुर थापा मगरकी छोरी आठ वर्षीया विपना थापा मगर र मान्द्रेका नुमबहादुर थापा(मर्साङी मगर)की सात वर्षीया छोरी सर्मिला थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

प्रहरीका अनुसार सोमबार अपरान्ह ३ बजे पौडी खेल्ने क्रममा दुबै बालिका नदीमा बगेको जनाएको छ। स्थानीयवासीका अनुसार दुबै जना बाख्रा चराउन गएका थिए । घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्ने क्रममा बगेर दुबै बेपत्ता भएको स्थानीयवासीले जनाएका छन् ।

स्थानीय बासिन्दा र प्रहरीको टोलीले बेपत्ता बालिकाको खोजी कार्य भईरहेको सूचना अधिकारी गैरेले बताए ।

कमेन्टहरु