मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

एक सातादेखि अवरुद्ध विद्युत सञ्चालनमा

उमेश रोकाया
२०८१ चैत्र ५ | मध्यान्ह ०७:१२ बजे

बाजुरा , चैत ०५ । जिल्लाको पुर्वी क्षेत्रमा रहेकोे हिमाली गाउँपालिका वडा नम्बर ५ कुवाडी खोला लघु जलविद्युत अबरुद्ध बत्ति सञ्चालनमा ल्याएको छ । धुलाचौर बजार लगायत वडा नम्बर ५ रुगिन, बछ्या र नदपाटा वडा नम्बर ४ को फैती र बोर्ता गाउँमा स्थानीय लगायत ७ सय भन्दा बढी लाभान्वित रहेका छन ।

फागुन अन्तिम महिनादेखि अवरुद्ध विद्युत मर्मत गरेर एक हप्ता नबित्दै पुनः सञ्चालन गरिएको छ । बजारमा विभिन्न विद्युत मार्फत कामगर्न सकिने काम आजभोलि सहजरूपमा गरेका छन । आज धुलाचौर बजारमा लगायत गाउँमा बिजुलि बत्ती झिल्ली मिली भएको कवाडी खोला लघु जलविद्युत सहकारी लिमिटेड व्यवस्थापक बिष्णु बहादुर कार्कीले बताउनुभयो ।

विद्युत अवरुद्ध हुँदा गाउँका अधिकास मान्छेहरू अध्यारो कोठामा बस्नुपर्ने बाध्यता अहिले हटेको अवस्था छ । बिजुली गाउँमा उज्यालो रूपमा प्रयोग नभई मिल सहित विद्युतय औजार मेसिन चलाउन सजिलो भएको छ । अहिले धुलाचौर बजार सहित गाउँका स्थानीयलाई बिजुली बत्तीको ६ दिनदेखि बन्द भएको विद्युत पुनः सञ्चालन आएको कवाडी खोला लघु जलविद्युत सहकारी लिमिटेडले जनाएको छ ।

कमेन्टहरु