देश

बालुवाटारमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच वार्तालाप

जगत ठाडा मगर
२०७८ साउन ५ | मध्यान्ह ०१:०४ बजे

काठमाडौं । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड)बीच बालुवाटारमा भेटवार्ता भएको छ ।

मंगलबार बिहान नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटघातपछि प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा सरकार सञ्चालन र गठबन्धनका साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको स्रोतले जनाइएको छ ।

माधव नेपालसँग भएको भेटवार्तामा पनि यसै विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

कमेन्टहरु