देश

अविरल वर्षाले मुलुककै पुरानो चन्द्रनहर भत्कियो, ३ सय घर डुबानमा

जगत ठाडा मगर
२०७८ साउन ५ | मध्यान्ह ०१:०४ बजे

राजविराज। अविरल वर्षाका कारण देशकै सबैभन्दा पुरानो चन्द्र नहर भत्किएको छ। अमहा र टेङ्ग्राल सहितका खोलामा आएको बाढीले सप्तकोशी नगरपालिका–४ स्थित बलारदहका दुई ठाउँका नहरमा क्षति पुर्याएको छ।

नगरप्रमुख उत्तम गौतमले उक्त क्षेत्रका ५० मिटरसम्म नहर भत्किएको जानकारी दिए। गौतमका अनुसार नहर भत्किएपछि सप्तकोसी – १, २, ४ र ११ वडाका करिव ३०० घर समेत डुबानमा परेको छन्। ती घरमा तीन फिटसम्म पानी जमेको बताइएको छ।

यस्तै जिता नदीको बाढीले तिलाठी– कोइलाडी गाउँपालिका–७ मन्सापुर र वडा नं ५ बरसाइनका केही घर डुवानमा परेका छन्।

तिलाठी कोइलाडी –७ को मन्सापुर र वडा नं– ५ को बरसाइनका करीब २०० भन्दा बढी घर डुबेको गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले जानकारी दिनुभयो।

चन्द्रनहरमा क्षमता भन्दा बढी पानी प्रवाह भएकाले महादेवा गाउँपालिका–४ मनियार प्रसाही क्षेत्र पनि उच्च जोखिममा रहेको जनाइएको छ।

कमेन्टहरु