अछाममा भूकम्पको धक्का

नवलपुर टुडे
२०८१ चैत्र ५ | बिहान ०७:१२ बजे

काठमाडौँ । अछाममा केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ । अछामको बाटुलासेन आसपास केन्द्र बनाएर बिहान भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि फागुन २६ गते कास्की केन्द्र बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने फागुन २४ गते बागलुङ केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।


















