कृण्णानगरबाट १५ लाखको अबैध चुरोट बरामद
धर्मेन्द्र कुमार कुर्मी
२०८१ चैत्र ५ | बिहान ०६:१२ बजे

कपिलवस्तु । कृष्णनगरबाट अबैध चुरोट बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरबाट खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगरको कमाण्डको टोलीले कृष्णनगर नगरपालिका- २ ब्यारियर चेकपोष्टबाट चेकजाँचको क्रममा चुरोट बरामद गरिएको हो ।
उक्त टोलीले कृष्णनगरबाट काठमाण्डौ जादै गरेको लु २ ख ६५४१ नम्बरको डिलक्स बस चेकजाँच गर्दा भारतबाट अवैध रुपमा भन्सार छली बसको डिक्कीभित्र लुकाई छिपाई चुरोट बरामद गरिएको हो ।
बरामद Richmond चुरोट ३००० प्याकेट, Manchester चुरोट १००० प्याकेट, L&B चुरोट १००० प्याकेट गरी जम्मा ५००० प्याकेट चुरोट बरामद गरिएको हो । सो चुरोटको अन्दाजी मूल्य रु.१५०००००/- (पन्ध्र लाख) बराबरको रहेको छ । बरामद चुरोट आवश्यक कार्बाहीको लागी कृष्णनगर भन्सार कार्यालयमा बुझाईएको छ ।






















