देश

आफ्नो उपचारको लागि आर्थिक सहयोगको आवश्यकता नरहेकाले आर्थिक संकलन नगरिदिन पल्पसाको आग्रह

जगत ठाडा मगर
२०७८ साउन ५ | मध्यान्ह १२:०४ बजे

काठमाडौ । हाँस्य कलाकार पल्पसा डंगोल(चम्सुरी) दुबै मृगौला फेल भएपछि काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराइरहेकी छिन् । डाक्टरले उनको मृगौला नै फेर्नु पर्ने बताएका छन् ।

पल्पसाको दुबै मृगौलाले काम नगरेको भन्ने खबर सार्वजनिक भएपछि उनको उपचारका लागि रकम जुटाउन आर्थिक अभियान पनि सुरु भएको छ । तर, पल्पसाले भने आफूलाई किड्नीको आवश्यकता परेको र आर्थिक सहयोगको भने आवस्यकता नरहेको बताउने गरेकी छिन् ।

निर्देशक दीपाश्री निरौलाले भनिन्–‘सुरुमा उपचारका लागि ५० लाख लाग्छ भन्ने कुरा भएपछि हामीले पनि रकम संकलन अभियान सुरु गर्ने कि भन्ने बिषयमा छलफल गरेका थियौं । तर, डाक्टरले १५ देखि २० लाख रुपैयाँ मात्र लाग्ने बताएपछि रकम संकलन नगर्ने कुरा भएको छ । पल्पसाले आफै रकम तिर्न सक्ने बताउनुभएको छ ।’

दीपाका अनुसार, पल्पसाले यतिबेला रकम सहयोग भन्दा पनि किड्नी चाहिएको बताएकी छिन् । हाड नाता जोडिएकाबाट मात्र किड्नी लिन मिल्ने भएकाले पनि पल्पसाका लागि आफन्तबाट नै किड्नी ट्रान्सप्लान्ट गर्ने बिषयमा छलफल भैरहेको छ ।

विगत ५ बर्षदेखि किड्नीको समस्यासँग जुधिरहेकी पल्पसा विगत १ महिनादेखि भने अस्पतालमा भर्ना भएर उपचार गराउन बाध्य भएकी छिन् ।

कमेन्टहरु