मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश
पालिका स्तरीय वार्षिक परिक्षा केन्द्रमा अनुगमन


बाजुरा , चैत ०२ । जिल्लाको पुर्वी क्षेत्रमा रहेकोे हिमाली गाउँपालिका पालिका स्तरीय परिक्षा केन्द्र भवानी माध्यमिक विधालय धुलाचौरमा अनुगमन गरिएको छ । गाउँपालिकाको सबैभन्दा ठुलो लगानी शिक्षा क्षेत्रमा गरिएको छ । अघिल्लो सालको कक्षा ८ को वार्षिक परिक्षाको नतिजा आउँदा खासै लगानी गरेको प्रतिफल सोचेजस्तो नआउँदा यहीँ वर्ष विधालयको परिक्षा सिस्टम ल्याउन विशेषगरी कक्षा ५ र ८ को पालिका स्तरीय वार्षिक परिक्षा सञ्चालन गरेका छौँ । कक्षा आठको वार्षिक परिक्षा पालिका भरी दुईवटा परिक्षा केन्द्र भवानी माध्यमिक विधालय र बिच्छ्या माध्यमिक विधालयमा परिक्षा सञ्चालन गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।
कक्षा ५ का विद्यार्थीहरुलाई वडाको केन्द्रको सामुदायिक विधालयमा परिक्षा सञ्चालन गरिएको छ । विधालय विद्यार्थी परिक्षा सिस्टम बानीको विकास बसाल्न यहीँ वर्षबाट सुरुवात गरेका छौँ । शिक्षा सुधार ल्याउन आफू निर्वाचन भएको दिनदेखि निरन्तर लागिपरेको अध्यक्ष मल्लको भनाइ छ । शैक्षिक स्तरमा सुधार गर्नका निमित्त गाउँपालिका संघीय पालिका अनुदान शिक्षकहरु नियुक्ति गरेर विधालयमा पठाएका छन । त्यतिमात्र नभएर शिक्षा गुणस्तर बनाउन पालिकाबाट धुवाँ मुक्त बनाउन २२ वटा विधालयमा ३ कक्षा भन्दा तलका विद्यार्थीलाई कार्पेट र ३ कक्षा भन्दा माथिका विधालय बालबालिका लागि डेस्क र बेन्च उपलब्ध गरिएको छ ।
शिक्षा क्षेत्रमा सुधार ल्याउन गत शैक्षिकसत्रदेखि अभियान सबै विधालयमा सञ्चालन गरेको हो । त्यही भएर यो वर्ष पढाई गुणस्तर कतिको प्रभावकारी भयो भनेर आधारभूत तह (कक्षा ५ र ८) को वार्षिक परिक्षा पालिका स्तरीय गरिएको छ । अघिल्लो वर्षभन्दा अहिले धेरै शिक्षा क्षेत्रमा सुधार आएको देखिन्छ । यो वर्षको वार्षिक परिक्षाको नतिजाले अझै थप सुधार ल्याउने भएको छ । पढाई गुणस्तर गर्न अभिभावक, शिक्षक र विद्यार्थीको पहिलो भुमिका रहेकोे छ । शिक्षालाई अगाडि लैजानका निम्ति आफू निरन्तर लागिपरेको अध्यक्ष मल्लले बताउनुभयो ।
पालिका स्तरीय वार्षिक परिक्षा फागुन २७ गतेबाट सञ्चालन गरिएको छ । आधारभूत तह (कक्षा ५ र ८) को अन्तिम सामुदायिक विधालयका विद्यार्थीहरु परीक्षा गाउँपालिकाले परिक्षा लिएको छ । बिच्छ्या माध्यमिक विधालय र भवानी माध्यमिक विधालय धुलाचौरमा सहित दुई वटा परीक्षा केन्द्रमा परीक्षा संचालन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रगुनाथ अवस्थितले बताउनुभयो । कक्षा ५ को परीक्षा सातै वडाको केन्द्रको सामुदायिक विधालयमा परिक्षा केन्द्रहरुमा परिक्षा सञ्चालन गरिएको छ ।
कक्षा ८ को वार्षिक परिक्षा केन्द्र भवानी माध्यमिक विधालय धुलाचौरमा १ सय ६९ वटा मध्य ५ वटा विद्यार्थी अनुपस्थित र बिच्छ्या माध्यमिक विधालयमा १ सय जना मध्य १ जना अनुपस्थित रहेका छन । पालिका स्तरीय परिक्षा केन्द्रमा स्वच्छ, निष्पक्ष र मर्यादित तरिकाले परिक्षा सञ्चालन भैरहेको छ । परिक्षा केन्द्रमा स्थलगत अनुगमन हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, सामाजिक विकास संयोजक जोख्या भण्डारी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रगुनाथ अवस्थित र शिक्षा समिति तिलक रोकाया सहित उपस्थितिमा पालिका स्तरीय वार्षिक परिक्षा केन्द्र भवानी माध्यमिक विधालयमा अनुगमन गरिएको अवस्थितले बताउनुभयो ।























