राजनीति

माओवादी केन्द्र जनतासँग नजिक भएपछि आत्तिएर सरकारमा जाँदैछ भन्ने हल्ला फैलाइयो: दाहाल

नवलपुर टुडे
२०८१ चैत्र २ | मध्यान्ह ०८:१२ बजे

काठमाडौँ । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकाे सचिवालयले सरकारमा जान लागेको हल्ला निराधार भएको स्पष्ट पारेकाे छ। शनिबार अध्यक्ष दाहालकाे निजी स्वकीय सचिव गंगा दाहालले एक बयान जारी गर्दै बेतुकको हल्ला चलाइएको दाबी गरेकी छिन्। 

उनले लेखेकी छिन्, ‘भ्रष्टाचारविरुद्ध सुशासनको महाअभियान लिएर जनताको घर–घरमा गई जनतासँग हातेमालो गर्दै अघि बढिरहेको हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी (केन्द्र) को अभियानबाट आत्तिएर हाम्रो पार्टी र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले “माओवादी केन्द्र पनि सरकारमा जाँदैछ” भन्ने एउटा बेतुकको हल्ला बजारमा चलाइएको रहेछ, यसमा बिल्कुलै सत्यता छैन।’

उनले अगाडि भनेकी छिन्, ‘हाम्रो पार्टी र नेतृत्वको अहिले सरकारमा जाने भन्ने कुरा निरर्थक हल्ला मात्रै भएको जानकारी गराउँदछौ।’

कमेन्टहरु