अपराध

सशस्त्र प्रहरीका सई १० वर्षीया बालिका बलात्कारको आरोपमा नियन्त्रणमा

नवलपुर टुडे
२०८१ चैत्र १ | मध्यान्ह ०२:१२ बजे

जनकपुरधाम चैत १ । महोत्तरीको लोहारपट्टी नगरपालिका–४ मा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोप लागेको छ ।

सई सिंह वडा नम्बर ४ पिपराढी स्थित रेल्वेट्र्याक पोस्टमा कार्यरत छन् । उनले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्दै स्थानीयहरूले अहिले सशस्त्र प्रहरी पोस्ट घेराउ गरिरहेका छन् ।

स्थानीयहरूले पोस्ट घेराउ गरेपछि आरोपी सई सिंहलाई सशस्त्र प्रहरीको टोलीले नै नियन्त्रणमा लिएको छ । तोडफोडको प्रयास गरेपछि त्यहाँ स्थानीय र प्रहरीबीच तनाव पनि देखिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बालिकामाथि दुव्र्यवहार भएको बताएको छ ।

कमेन्टहरु