बढी भाडा असुल्ने १७ जनासहित पन्ध्र सय सवारी चालक कारबाहीमा

जगत ठाडा मगर
२०७८ साउन ५ | बिहान १०:०४ बजे

काठमाडौँ । ट्राफिक प्रहरी कार्यालयले सोमबार मात्रै पन्ध्र सय सवारीलाई कारबाही गरेको छ ।
ट्राफिक प्रहरी महाशाखाले चार गते साँझ ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५ सय ५१ सवारी चालकलाई कारबाही गरिएको जनाएको छ ।
कारबाही परेकामध्ये सबैभन्दा धेरै फुटपाथमा पार्किङ गर्ने १६५ जना छन् । यस्तै जथाभावी यात्रु चढाउने र ओराल्ने ६५ जना, रात्तो बत्ती उल्लंघन गर्ने ५२ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार तोकिएको भन्दा बढी भाडा लिने १७ जनालाई पनि कारबाही गरिएको जनाएको छ ।






















