धर्म–संस्कृति/रीतिथिति, मनोरन्जन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

संस्कतिकाे संरक्षण संगै हाेली पर्वको रौनक

उमेश रोकाया
२०८१ चैत्र १ | बिहान ०१:१२ बजे

बाजुरा , चैत ०१ । हिन्दु नेपालीहरुको चाड होली अर्थात फागु पर्व बाजुरा जिल्लाको व्यापारी केन्द्र धुलाचौर बजार सहित विभिन्न ठाउँमा पनि हर्षो उल्लासका साथ मनाइएको छ । फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड होली बाजुरामा भब्यताका साथ मनाइएको हो । जिल्लाका विभिन्न स्थान सहित मार्तडी, कोल्टी, पिलिचौर र धुलाचौर बजारमा ठाउँ लगायत होली पर्व भब्यताका साथ  मनाइएको हो ।

होली पर्व एकाअर्कालाई शुभकामना आदानप्रदान गर्दै हिमाली गाउँपालिका केन्द्र रहेकोे धुलाचौर बजार व्यवसायी लगायत स्थानीयले पनि होली पर्व मनाएका छन । विभिन्न रङ्गहरु एक अर्कालाई लगाएर खुसीयाली साटासाट गरी होली पर्व मनाइएको धुलाचौर बजार व्यवसायी अध्यक्ष हस्त बहादुर मल्लले बताएका छन् । उनका अनुसार धुलाचौर बजार व्यवसायीहरुले धुलाचौर स्थित बिभिन्न व्यवसायी, स्थानीय, कर्मचारी र सुरक्षाकर्मी बिच एक आपसमा रंग दलेर होली मनाइएको मल्लले बताउनुभयो । हर्ष उमंग साथ एक आपसमा रिस राग शत्रुता भुलेर खुसीयाली मनाउँदै रङ्गहरु छ्यापाछ्याप गरेर होली मनाइएको बताएका छन ।

दानवता माथी मानवताको विजय भएको खुसीयालीमा होली पर्व मनाइने गरिएको हो । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार बाजुरा विभिन्न ठाउँमा पनि हर्षो उल्लासका साथ मनाइएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्वमा धुलाचौर बजार व्यवसायीले बजारको आसपास क्षेत्रमा एक आपसमा रंग दलेर होली मनाएको स्थानीय अग्नी पाण्डेले बताउनुभयो ।

धुलाचौर बजार सहित विभिन्न रङ र लोला खेली एक आपसमा पर्व भब्यताका साथ मनाइएका छन । त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली फागुन खेल्ने परम्परा चलेको मानिन्छ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।

कमेन्टहरु