मगर राष्ट्रिय मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलनबाट दिपक थापा चर्ती मगर अध्यक्षमा सर्वसम्मत चयन


बुटवल । “मगर भाषा संस्कृति र मगराँत भुमी हाम्रो सान । समता समृद्धि र सुशासनको लागि पुर्ण समानुपातिक निर्वाचन !!” भन्ने मुल नाराका साथ रुपन्देहीको बुटवलमा मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैठौं राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनले गण्डकी प्रदेशका पुर्व वन तथा वातावरण मन्त्री दिपक थापा चर्ती मगरको अध्यक्षतामा १५१ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको छ ।
अध्यक्षमा दिपक थापा चर्ती मगर, वरिष्ठ उपाध्यक्ष माधव दर्माली मगर, उपाध्यक्षहरु चिनी माया काला मगर, मिनबहादुर घर्ती मगर, टोपबहादुर दर्लामी मगर, लीला सोमै मगर, छ माया थापा मगर, लोकेन्द्र थापा मगर, अनिता थापा मगर, हिराबहादुर थापा मगर, सविना बुढा मगर, होम राज खपाङ्गी मगर, भक्त लुङ्गेली मगर(मगर ढुँट), सारदा पुन मगर(मगर खाम )र माल बहादुर बुढा मगर (मगर काईके)लाई चयन गरेका छन ।
त्यस्तै महासचिवमा जीवन प्रवेश रोका मगर, उपमहासचिवहरुमा तिर्थ थापा मगर, विशाल पुन मगर, मनोज राना मगर, खगेन्द्र पुन मगर र सिद्ध बहादुर थापा मगर चयन भएका छन ।
त्यस्तैगरी सचीवहरुमा वीरमान घर्ती मगर, टिकासरी बुढा मगर, हरि बहादुर थापा मगर, धन बहादुर पुन मगर, चन्द्र प्रसाद बुढाथोकी मगर, केशव थापा मगर, यम खपाङ्गी मगर, दिपक थापा मगर र दुगा थापा मगरलाई चयन गरिएको छ, भने कोषाध्यक्षमा अम्बिका खुलाल मगर निर्वाचित भएको छ ।

सम्मेलनले संबिधानमा उल्लेख भएको स्वायत क्षेत्र र विशेष क्षेत्र कार्यान्वयन तुरुन्तै ऐन कानुन बनाउनु पर्ने जोडदार माग गरेको छ । प्रतिगामी पुनरउत्थाबादी, राजाबादीहरुको चलखेल निष्तेज पार्न जनसमुदायलाई अपिलसमेत गरेको छ । सो सम्मेलनबाट चयन भएका कार्यसमितिले मगराँत राज्यको मुद्दालाई निरन्तरता दिदै, प्रदेशको नामावलीसमेत परिबर्तन गर्नुपर्ने बताए ।
हालै भैईरहेको किराँत प्रदेशको पहिचानको मुक्कुमलुङ आन्दोलनको समर्थन गर्दै एक्यवद्धतासमेत जनाएको पत्रकार सम्मेलनमा जानकारी दिए ।























