समाचार

तटबन्धको मर्मतको काममा अवरोध गरेको गुनासो गर्दै ठेकेदार कम्पनी र भारतीय जलसंसाधन विभागले गरे पत्रकार सम्मेलन

देवराजा यादव
२०८१ फाल्गुन २९ | मध्यान्ह ०५:११ बजे

सुनसरी । सुनसरीकाे काेशी गाउँपालिका ८ भाण्टाबारी स्थित पुर्वी तटबन्धको मर्मतको काममा अवरोध गरेको गुनासो गर्दै ठेकेदार कम्पनी र भारतीय जलसंसाधन विभागले पत्रकार सम्मेलन गरेको छ । काेशी नदिमा यश वर्षको बाढीले पुर्वी तटबन्धको भाण्टाबारी हरिपुर क्षेत्रमा सिपेच भएकोमा त्यसको मर्मतका लागि भारत सरकारले काम थालेकाे नेपाली सरकारी पक्षबाट अवरोध भएको पत्रकार सम्मेलन गरेर गुनासो गरेको हो ।

एक महिना अघिबाट सुरु भएको काेशी नदिकाे पूर्वी तटबन्धको मर्मतमा केही दिनयता काेशी टप्पु वन्यजन्तु आरक्ष पश्चिम कुशाहाका प्रमुख संरक्षण अधिकृत रामदेव चाैधरीले नै अवरोध गरेको स्थानीयबासिन्दा, ठेकेदार र भारतीय पक्षले संयुक्तरूपमा पत्रकार सम्मेलन गरि गुनासो गरेका हुन ।

स्थानीय समाजसेवी तजमुल मन्सुरीले बाधमा असर पार्ने र तटबन्ध फुट्ने जाेखिम भएकोले मर्मतको काममा अवरोध नगर्न आग्रह गर्दै अवरोध जारी राखे आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उहाँले तटबन्धको काममा अवरोध भए चैत समान्तसम्ममा काम नसकेको खण्डमा वर्खा लागे समस्या हुने बताउनुभयो ।

photo 2025 03 13 17 55 11

भारतीय निर्माण कम्पनीका सदस्य कनैहिया कुमार गुप्ताले भाण्टाबारीदेखी महेन्द्रनगरसम्मकाे काेशी तटबन्धको निर्माण देखि मर्मतसम्मकाे काम भारतीय पक्षले गर्ने काेशी सम्झौतामा लेखिएकोले साेही काम गर्दा अवरोध भएकोले समस्या भएको र बाध फुट्ने जाेखिम हुन सक्ने बताउनुभयो ।

कोशीको बाढीबाट हुने सम्भावित खतराको अति संवेदनशील क्षेत्रमा रहेको सो स्थानमा तत्काल काम गर्नुपर्ने भएकाले मार्फत १०० मिटर लामो मर्मतको काम सुरु भएको बताउनुभयो।स्थानीय पेटिदार देवकुमार यादवले काममा अवरोध हटाउन आग्रह गर्नुभयो ।

कमेन्टहरु