काठमाडौंबाट होलीमा उच्छृंखल गतिविधि गर्ने २ महिलासहित ११ जना पक्राउ

नवलपुर टुडे
२०८१ फाल्गुन २९ | मध्यान्ह ०३:११ बजे

काठमाडौं। होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा प्रहरीले बिहीबार काठमाडौंबाट ११ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा २ महिला र ९ पुरुष छन्।
काठमाडौँ प्रहरीका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार पकनाजोलबाट दुई महिलालाई पक्राउ गरिएको तथा न्युरोड, कोटेश्वर र सिंहदरबार पश्चिम गेटबाट ९ जना पुरुषलाई पक्राउ गरिएको हो।
न्युरोड क्षेत्रबाट ३ पुरुष, कोटेश्वरबाट ४ पुरुष तथा सिंहदरबार पश्चिम गेटबाट २ पुरुष पक्राउ परेको पनि प्रवक्ता बोहोराले जानकारी दिए।
प्रहरीले दिउँसोसम्म ३९ थान दुई पांग्रे सवारी साधनलाई नियन्त्रणमा लिएको छ भने एउटा कारसमेत नियन्त्रणमा लिइएको छ।





















