होली पर्वको शुभकामनासहित इप्रका गणेशपुरको अनुरोध

कृष्णनगर, फाल्गुन २९ । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं ७ मा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक हर्ष बहादुर चन्दले होली पर्वको शुभकामनासहित आम समुदायमा सभ्य रूपमा होली पर्व मनाउन अनुरोध गरेका छन्।
इलाका प्रहरी कार्यालय गणेशपुरले जारी गरेको शुभकामनासहित अनुरोधमा भनिएको छ । होली पर्वमा कसैको इच्छा विपरीत रंग र अबिर नलगाऔं, अपरिचित व्यक्तिहरू संग होली नखेलौं, होली पर्वमा मदिरा लगायत अन्य नशालु पदार्थको सेवन नगरौं, होलीको नाममा उच्च श्रृंखल कार्य नगरौं, छाला तथा आखाँंलाई असर गर्ने केमिकल युक्त रंग तथा अबिरको प्रयोग नगरौँ, मंहगा गरगहना लगएर होली नखेलौं, ट्राफिक नियमको पाल्ना गरौँ आफू बचौं र अरूलाई बचाऔं जस्ता सचेतनामूलक सन्देश जारी गरिएको छ।
साथै नियम विपरीत कार्य गर्ने व्यक्तिको जानकारी प्रहरीलाई दिनसमेत इप्रका गणेशपुरले अनुरोध गरेको छ।























