कर्णाली प्रदेश

वित्त आयोगको अन्तिम नतिजा : कार्य सम्पादनमा मुगुम कार्मारोङ्ग गाउँपालिका मुगु जिल्ला कै उत्कृष्ट

तपेन्द्र एडी
२०८१ फाल्गुन २९ | मध्यान्ह ०१:११ बजे

मुगु, फागुन २८ । प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानिय तहहरुको कार्य सम्पादन मुल्यांकनको अन्तिम नतिजा सार्वजनिक गरेको छ । मुगु जिल्लामा रहेका ४ वटा स्थानिय तहहरुको कार्य सम्पादन मुल्यांकनमा मुगुम कार्मारोङ्ग गाउँपालिका प्रथम भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत २५ गते देशभरका प्रदेश सरकार र स्थानिय तहहरुको कार्य सम्पादन मुल्यांकनको अन्तिम नतिजा सार्वजनिक गरेको थियो ।

सार्वजनिक गरेको नतिजा अनुसार मुगु जिल्लाका ४ वटा स्थानिय तहहरु मध्य ६६ द्शमलव ११ अन्क ल्याउदै मुगुम कार्मारोङ्ग गाउँपालिका प्रथम,६१ दशमलव २० अन्क ल्याउदै सोरु गाउँपालिका दितिय र ४३ दशमलव २३ अन्क ल्याउदै छायानाथ रारा नगरपालिका तेर्सो भएको छ भने खत्याड गाउँपालिकाले ४२ दशमलव १४ अन्क ल्याएको छ । आयोगले गत माघ ३० गते सार्वजनिक गरेको कार्य सम्पादन मुल्यांकनमा सोरु गाउपालिका उत्कृष्ट कार्य सन्पादन गर्ने मुगु जिल्लाको स्थानिय तह ठहरिएको थियो तर आयोगले त्यो बेला नतिजामा चित्त नबुझे पुनरावलोकनका लागि आयोगमा निवेदन दिन प्रदेश सरकार र स्थानिय तहहरुलाइ ७ दिने सुचना निकालेको थियो ।

कार्य सम्पादन मुल्यांकनका सबै सुचना आफ्नो गाउपलिकाले पूरा गरेपनी अन्क कम आएपछी हामिले पुनरावलोकनका लागि आवश्यक प्रमाण सहित वित्त आयोगमा निवेदन दिएका थियौ कहाँ के तृटीले त्यो बेला कम अन्क आएको रहेछ अहिले पुन मुल्यांकन गर्दा मुगुका अन्य स्थानिय तह भन्दा हाम्रो अन्क प्रथम रहेछ आयोगले प्रकाशित गरेको अन्तिम नतिजामा हामी मुगु जिल्लाका स्थानिय तहहरु मध्य उत्कृष्ट कार्य सम्पादन गर्ने स्थानिय तह भएका छौ मुगम कार्मारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवासचन्द्र रावलले बताउनु भयो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सुचकहरु तोकि सोही सुचक अनुसार स्थानिय तहहरुको कार्य सम्पादन मुल्यांकन गर्दै आएको छ । कार्य सन्पादन मुल्यांकनमा ल्याएको अक्क कै आधारमा वित्त आयोगले प्रदेश सरकार तथा स्थानिय तहलाइ आगामी आथिक वर्ष २०८२/०८३ को अनुदान प्रदान गर्नेछ ।

आगोगको मुल्यांकन विज्ञानिक छ मुल्यांकनको आधारमा अनुदान पनि दिने भएकाले स्थानिय तह तथा प्रदेश सरकारहरुले आफ्ना कार्य सम्पादनमा निखार तथा प्रभावकारीता ल्याउने जिल्ला समन्वय समिती मुगुका प्रमुख मन्जन बहादुर कार्किले विश्वास व्यक्त गर्नुभयो ।
– लिजा र एफआरएमा पनि मुगम कार्मारोङ्ग नै अगाडिस्थानिय त तह वित्तिय सुशासन जोखिम मुल्यांकन(एफआरए) २०८०/०८१ मा मुगु जिल्लाका स्थानिय तहहरु मध्य मुगम कार्मारोङ्गमा वित्तिय सुशासन देखिएको छ ।

५ वटा सुचकमा रहेर गरिएको मुल्यांकन अनुसार मुगम कार्मारोङ्ग गाउपालिकाले ९१ दशमलव ५ अंक प्राप्त गरेर पहिलो, छायानाथ रारा नगरपालिकाले ९० दशमलव ५ अंक ल्याएर दोर्सो भएको छ भने सोरु गाउपालिकाले ८३ अंक ल्याएर तेर्सो हुँदै गर्दा खत्याड गाउँ पालिकाले ८२ अंक ल्याएको छ । यसै गरि स्थानिय तह सस्थागत क्षमता स्वमुल्यांकन (लिसा)२०८०/०८१ मा पनि मुगु जिल्लाका चार स्थानिय तहहरु मध्य मुगम कार्मारोङ्ग गाउपालिका नै पहिलो भएको छ ।

मुगम कार्मारोङ्ग गाउपालिकाले लिसा मुल्यांकनमा तोकिएका १० वटा विषय तथा क्षेत्रमा ८९ अंक ल्याउदै प्रथम हुन सफल भएको हो ।
खत्याड गाउपालिकाले ८५ दशमलव ५ अंक ल्याएर दोर्सो हुँदै गर्दा ८४ दशमलव २५ अंक ल्याएर छायानाथ रारा नगरपालिका तेर्सो भएको छ भने सोरु गाउपालिकाले ८१ दशमलव २५ अंक ल्याएको थियो ।

कमेन्टहरु