निर्वाचन, मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश

चतुर्देव हिरा सुरेन्द्र पूर्ण क्याम्पसमा स्ववियु सभापति कार्की निर्विरोध नेतृत्व चयन

उमेश रोकाया
२०८१ फाल्गुन २७ | मध्यान्ह ११:११ बजे

बाजुरा , फागुन २७ । मुगु जिल्लाको चतुर्देव हिरा सुरेन्द्र पूर्ण क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । खत्याड गाउँपालिकामा – ११ रातापानीमा रहेको चतुर्देव हिरा सुरेन्द्र पूर्ण क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघमा धनचन्द्र कार्की निर्विरोध चयन भएका हुन् ।

त्यस्तै क्याम्पसको स्ववियु उपसभापतिमा अखिल क्रान्तिकारी गणेश परियार सचिवमा अनेरास्ववियु गोविन्द्र विटालु सह सचिवमा अखिल क्रान्तिकारी ज्ञानुमाया कार्की, कोषाध्यक्षमा अनेरास्ववियु नरबहादुर रावत सदस्यमा नन्दा देवि वि.क., शुनिल कु.शाही, विमला शाही, जानकी उपाध्याय, मनिशा कार्की, प्राप्ती रावत, सुमित्रा शाही, सर्मिला कार्की, तारा डागर, गगन टमटा लगायत १५ जनाको नेतृत्व सर्वसम्मत चयन भएको जनाएको छ । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि देशभर उम्मेदवारी मनोनयन चलिरहेका बेला सो क्याम्पसमा भने सर्वसम्मत भएको हो ।

कमेन्टहरु