मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, सूचना / प्रबिधि

राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड वितरण सेवा अवरुद्ध

उमेश रोकाया
२०८१ फाल्गुन २७ | मध्यान्ह ०९:११ बजे

बाजुरा , फागुन २७ । राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड वितरण सम्बन्धी सेवा अवरुद्ध भएको छ ।

मंगलवार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना जारी गर्दै देशभर फागुन २७ गते अर्थात आजबाट राष्ट्रिय परिचयपत्रको विवरण संकलन र कार्ड वितरण कार्य अवरुद्ध भएको जनाएको छ ।

विभागले जारी गरेको सूचना अनुसार राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको सर्भर मर्मतको क्रममा रहेकोले सेवा अवरुद्ध भएको हो । विभागबाट उक्त मेसिन मर्मत भइरहेकाले चाडैं सेवा प्रवाह हुने समेत जानकारी दिएको छ ।

कमेन्टहरु