अख्तियार र सम्मानित अदालतको आदेशलाई धज्जि उडाउदै स्थानीय सरकार,आर्थिक लेनदेनमा सार्वजनिक जग्गा हडपिएको आरोप


बारा । अख्तियार दुरुपयोग अनुसन्धानले जारी गरेको उर्दीको धज्जि उडाउदै स्थानीय सरकार निर्माण कार्य सुचारु नै राखेको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार बाराको फेटा गाउपालिकाका अध्यक्ष र वडा अध्यक्षको मिलोमतो र सहकार्यमा अख्तियार दुरुपयोग अनुसन्धानले जारी गरेको उर्दीको बेवास्ता गर्दै निर्माण कार्य सुचारु नै राखेको बताइएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयको पत्र संख्या ०८१/८२, चलानी नम्बर ३७५५/४०१७६ नम्बरको पत्रानुसार फेटा गाउपालिका, गाउपालिकाको कार्यालय बारालाई अवाश्यक कारवाही सम्बन्धमा बिषय राखी दर्ता भएको उजुरीको छायाप्रति यसै साथ संलग्न गरिएको पत्रमा उल्लेख छ । जसमा उजुरीको सम्बन्धमा प्रचलित कानुन बमोजिम अवाश्यक कारवाही तहा कार्यालयबाट गर्न गराउन हुन र सो को जानकारी अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा समेत गराउनु हुन उल्लेख भएपनि स्थानीय सरकारले वास्ता नै नगरी मनोमानी ढंगले नियम विपरीत कार्य गरेको पाइएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयमा स्थानीय सरकार अर्थात फेटा गाउपालिकाको चर्तिकलाको बिषयमा उजुरी दर्ता गरिएको थियो । मिति २०८१ माघ ११ गते दिइएको उजुरी मिति २०८१ माघ २९ गते अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडा मकवानपुरले दर्ता गरेको प्राप्त पत्रमा उल्लेख भएको पाइन्छ ।
जसमा फेटा गाउपालिका वडा नम्बर १ स्थित भलुही टोलमा अवस्थित श्री नेपाल राष्ट्रिय अधारभुत विधालय भलुहीले जिल्ला बारा गाविस भलुही भरवलिया वडा नम्बर ७ को किता नं. ३७७ को ज.वि. ८—१०—० मध्ये उतर, पश्चिम तर्फबाट २—६—० जग्गा विद्यालय स्थापना काल वि.सं. २०२६ सालदेखी भोग चलन गर्दै आएकोले उक्त जग्गा संरक्षणको लागि बारा जिल्ला अदालतमा द.नं.(मुदा नं.) ०७३—सिपि—०५२५ र रजिस्टेशन नम्बर ५०—७३—००८०४ को मुदा मिति २०७५÷३÷१९ मा बिद्यालयको हकमा फैसला समेत भइसकेकोले उक्त फैसला कार्यन्वयन नगराई सार्वजनिक सम्पति संरक्षण गर्नु पर्नेमा हाल उक्त फैसलाको अवज्ञा गर्दै आर्थिक चलखेल गरी विद्यालय व्यवस्थापन अध्यक्ष जय प्रकाश दास सम्बन्धीत वडा फेटा गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिगन दास तत्मा र सम्बन्धीत फेटा गाउपालिका गा.पा. अध्यक्ष रुस्तम अंसारीले सम्मानित अदालतको आदेशलाई समेत अवहेलना गरी रामजी दास र निजको पत्नी शिवकुमारी देवी संग पैसा लिई निजलाई जग्गा हस्तान्तरण गरी विद्यालयको जग्गा छोडी कम्पाण्डवाल गर्न गाउपालिकाले बजेट समेत छुटयाएकोमा अवाश्यक छानविन गरी सार्वजनिक सम्पती संरक्षण गराई दोषीलाई अवाश्यक कारवाही गर्न निवेदन पेश गरिएको समेत पत्र प्राप्त भएको हो । आफुलाई भिजनवाला मेयर बताउने रुस्तम अंसारीले सम्मानित अदालत र अख्तियार दुरुपयोग अनुसन्धानको समेत धज्जि उडाएको पाइन्छन ।
सार्वजनिक जग्गा संरक्षण गर्नुको साटो स्थानीय वडा अध्यक्ष र विद्यालय व्यवस्थापनका अध्यक्षको समेत मिलोमतो र सहकार्यमा आर्थिक लोभमा परी बिक्रि वितरण नै गरेको बारे हालको कार्य प्रगतिले सिधै प्रष्ट पार्दछ । विद्यालयको कम्पाउन्ड निर्माण भइरहेको भएपनि सार्वजनिक जग्गा छोडी निर्माण भइरहेको हुदा आर्थिक चलखेल भएको बारे पुष्टि गर्दछ । यस बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडा लगायत सम्बन्धीत निकायको ध्यान पुग्न अवाश्यक देखिन्छ ।






















