राप्रपाले बुझायो काठमाडौं महानगरलाई जरिवाना

नवलपुर टुडे
२०८१ फाल्गुन २६ | मध्यान्ह ०२:११ बजे

काठमाडौं, फागुन २६। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई जरिवाना बुझाएको छ ।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो । उक्त जरिवाना वापतको रकम राप्रपाले महानगरलाई सोमबार बुझाएको हो ।
संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगर प्रहरीको टोलीलाई भेटेर जरिवाना वापतको रकम बुझाएको हो ।























