अभिषेक चर्ज नवलपुर सुनगाभा सैनामैना गोल्डकपको फाइननलमा


कृष्ण भण्डारी
बुटवल । सैनामैना-४ सैनामैना फुटबल रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली मुर्गिया फुटबल क्लबलाई २-० गोलले हराउदै अभिषेक चर्ज नवलपुर फाइनलमा प्रवेश गरेको हो।
जितको लागि अभिषेक चर्जको तर्फबाट मार्टिनेसले एक्लै २ गोल गर्दै फाइनलको लागि यात्रा तय गरेको छ । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियोे । दोस्रो हापको ६८ औं र ७८ औं मिनेटमा जर्सि नम्बर ९ का विदेशी खेलाडी मार्टिनेसले गोल गर्न सफल भएका थिए । खेलको म्यान अफ दि म्याच बनेका मार्टिनेस नगद ५ हजार टर्फि र प्रमाणपत्र प्राप्त गरेका छन् ।
भोलिको दोस्रो सेमिफाइनल खेल महावीर क्लब काठमाडौं र कपिलवस्तु ११ कपिलवस्तुबिच दिउँसो ३ बजे खेल हुने खेल संयोजक अशोक खड्काले जानकारी दिनुभयो ।
मुर्गिया फुटबल क्लब, सैनामैना–४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।
सुनगाभा पब्लिक स्कुल मुख्य प्रायोजक रहेको प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई नगद ४०–४० हजार प्रदान गर्ने क्लबका अध्यक्ष प्रबिन भारीले बताउनुभयो । प्रतियोगिताको फाइनल खेल २८ गते हुनेछ ।























