मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

बागेश्वरी माविका कक्षा १० विद्यार्थीलाई ‘फेरि भेटौला’ बिदाई कार्यक्रम

उमेश रोकाया
२०८१ फाल्गुन २५ | मध्यान्ह ०३:११ बजे

बाजुरा , फागुन २५ । बागेश्वरी माध्यमिक बिधालय कक्षा १० का विद्यार्थीहरुलाई फेरि भेटौला तथा बिदाई कार्यक्रम गरिएको छ । “गुणस्तरीय शिक्षा आजको आवश्यकता” भन्ने मुल अभियानका साथ हिमाली गाउँपालिका – ५ रुगिन गाउँमा रहेकोे बागेश्वरी माध्यमिक बिधालय अध्यनरत कक्षा १० का विद्यार्थीहरुलाई एक औपचारिक कार्यक्रम बिच फेरि भेटौला कार्यक्रम गरेका छन । कक्षा १ देखि १० कक्षा सम्म एउटै बिधालयमा लामो समय अध्यनरत छात्रा र छात्रहरुलाई बिदाइ तथा फेरि भेटौला कार्यक्रम गरिएको प्रधानाध्यापक दिलबहादुर कार्कीले बताउनुभयो ।

अहिले कक्षा १० सम्म अध्यन गरिरहेका विद्यार्थीहरुको चैत ७ गतेदेखि परिक्षा हुने भएकाले एस.ई.ई. परिक्षाको तयारी गर्नेका लागि बिधालयहरु लाई बिदाई कार्यक्रम गरेका छन । अब आउने परिक्षालाई मध्यनजर राख्दै बिधालयमा अध्यनरत कक्षा ९ का विद्यार्थीहरुले फुलका माला र अबिर लगाएर बिधालय शिक्षक, बिधालय व्यवस्थापन समितिहरुले निधारमा टीका लगाएर बिदाई गरेका छ्न ।

उहाँले बताउनुभयो , “यो कार्यक्रम बिदाई रूपमा नलिएर फेरि भेटौला भन्ने कार्यक्रम बिधालय औपचारिक गरेको हो । अध्यन गरिरहेका कक्षा १० विद्यार्थीलाई उच्च भविष्य कामना गर्दै चैत ७ गतेदेखि हुनलागेको एस.ई.ई. परिक्षाको अग्रिम शुभकामना समेत दिएका छन । पढाईलाई मध्यनजर राखेर हाम्रो बिधालय उत्पादन गरेको विद्यार्थी डाक्टर, पाइलट र शिक्षक लगायत विभिन्न सरकारी निकायमा देख्न पाँउ भनेका छन ।” जहाँ पढाई सिलसिलामा गएपनी पुनः भेट हुने आशाका साथमा पढाईलाई अब्बल बनाउन हाम्रो बिधालय पढेका बालबालिका उत्तर उत्तर प्रगतिको कामना समेत व्यक्त गरेका गरेका प्रधानाध्यापक दिलबहादुर कार्कीले बताउनुभयो ।

सोही कार्यक्रम सभा अध्यक्षतामा शिक्षक अभिभावक संघ अध्यक्ष धनबहादुर भण्डारी प्रमुख अतिथि बिधालय व्यवस्थापन समिति अध्यक्ष दल बहादुर चदारा बिशिस्ट अतिथि प्रधानाध्यापक दिल बहादुर कार्की लगायत शिक्षक, अभिभावक र विद्यार्थीहरुको बाक्लो उपस्थितिमा बागेश्वरी माध्यमिक बिधालय कक्षा १० का विद्यार्थीहरुलाई फेरि भेटौला तथा बिदाई कार्यक्रम गरिएको शिक्षक धनबहादुर बुढथापाले बताउनुभयो । कार्यक्रम संचालक बिधालय शिक्षक रामबहादुर बुढथापाले गर्नुभएको छ ।

कमेन्टहरु