तस्कर

रौतहटमा अबैध सामान बरामद

अशोक यादव
२०८१ फाल्गुन २५ | मध्यान्ह ०२:११ बजे

रौतहट । रौतहटमा भन्सार छली गरी ल्याउँदै गरेको सामानहरु बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहत समेतबाट खटिएको प्रहरी चेकिङ टोलीले विभिन्न स्थानहरुमा विभिन्न सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छलीको समानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

चोरी पैठारी गरी ल्याउँदै गरेको मुल्य पन्चानब्बे हजार सात सय पन्चानब्बे रुपैया बराबरको विभिन्न किसिमको लत्ताकपडा तथा किराना सर–सामानहरु फेला परेको छ । सो सर–सामानहरु र अन्दाजि मूल्य रु दुई लाख पचास हजार रुपैया बरावरको बिआर २२ एफ ५३३७ नम्बरको मोटरसाईकल १ थान र ना २ ह ३६८६ नम्बरको ई–रिक्सा १ थान गरि जम्मा अन्दाजि मुल्य रु तिन लाख पैतालिस हजार सात सय पन्चानब्बे बराबरको विभिन्न किसिमको लत्ताकपडा तथा किराना सर–सामानहरु फेला परेको होे ।

सो समानहरुसहित मोटरसाईकल १ थान र ई–रिक्सा १ थान समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी दिपक कुमार राय बताएका हुन् ।

कमेन्टहरु