देश

सिरहामा लागुऔषध नाईट्रोभेटसहित एक जना पक्राउ

जगत ठाडा मगर
२०७८ साउन ४ | मध्यान्ह ०६:०४ बजे

सिरहा । सिरहामा लागुऔषध कारोबार गर्ने एक जना पक्राउ गरेको छ । सिरहाको दक्षिणि भेगमा पर्ने भारतीय सीमा नाका औरही गाउँपालिका वडा नं १ दरहिया स्थित प्रहरी कार्यालय हर्कटीबाट खटि गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सोमबार दिउँसो १५:१० बजेको समयमा मोटरसाइकललाई शंका लागि चेक जाच गर्ने क्रममा सिरहा गोलबजार नगरपालिकाको वडा नं ५ को २२ वर्षिय दुखी सिंहको साथबाट नाईट्रोभेट ट्याब्लेट १२० पिस फेला पारेको हो ।

उनको साथबाट ज ३ प २६६६ नम्बरको बाईक पनि बरामद गरेको छ । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

कमेन्टहरु