मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
हिमालीमा १ सय १५ औँ अन्तराष्ट्रिय महिला दिवस भव्य मनाए


बाजुरा , फागुन २४ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा ११५ औँ अन्तराष्ट्रिय महिला दिवस मनाईएको छ । ‘सबै महिला तथा बालिकाको लागि, अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ हिमाली गाउँपालिका विभिन्न कार्यक्रम गर्दै दिवस मनाएका छन । हिमाली गाउँपालिकामा कल्पना मल्लको अध्यक्षतामा सम्पन्न भएको हो । प्रमुख अतिथि उपाध्यक्ष राजकला सार्की अतिथि हिमाली गाउँपालिकाका प्रवक्ता भीमानन्द पाण्डे, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीय लगायतको सहभागिता रहेको कार्यक्रम सञ्चालिका कल्पना रावतले बताउनुभयो ।
हिमाली गाउँपालिका र आई.एन.एफ. बाजुराको आर्थिक सहयोगमा ११५ औँ अन्तराष्ट्रिय महिला दिवस मनाइएको गाउँपालिकाका प्रवक्ता पाण्डेले बताउनुभयो । विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ ।
महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ।नेपालको संविधानले कुनै पनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ । यस्तै, महिलाको मौलिक हकको रूपमा स्थापित गरेको छ।
समानुपातिक समाबेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रुपमा महिलाको सहभागिता बढदै गएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित गर्नका लागि अझै मेहनत आवश्यक छ। सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो ।























