आज देशभर २४४५ कोरोना संक्रमित थपिए, ३२ जनाको मृत्यु

जगत ठाडा मगर
२०७८ साउन ४ | मध्यान्ह ०६:०४ बजे

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १,६४२ जना र ३,८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २,४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२५८ रहेको छ भने कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३३०, सुनसरीमा १८४, कास्कीमा १६०, झापामा १२ ९ र मोरङमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भक्तपुरमा ८८, चितवनमा ७२, ललितपुरमा ५६, मकवानपुरमा ५३, नवलपरासी पुर्वमा ५१, धादिङमा ४४, रुपन्देहीमा ३६, नुवाकोटमा ३२ जना कोरोना संक्रमित थपिएका छन् । कैलालीमा २८, गोरखामा २५, दोलखामा २१, धनुषामा १७, ओखलढुंगामा १५, कञ्चनपुरमा १३, गुल्मीमा १२, धनकुटा, स्याङजा र दाङमा ११÷११ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ४२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कमेन्टहरु