देश

नारी र पुरुष एक भए मात्रै समाज रूपान्तरण गर्न सकिन्छ : उपसभामुख राना

नवलपुर टुडे
२०८१ फाल्गुन २४ | मध्यान्ह ०२:११ बजे
काठमाडौँ, फाल्गुन २४। उपसभामुख इन्दिरा रानाले महिलाहरू एकतावद्ध भएमात्रै समाज परिवर्तन हुनसक्ने तर्क गरेकी छिन्। 

शनिबार काठमाडौंमा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उपसभामुख रानाले ठूला कुरा गरेर भन्दा अनुशासित भएर काम गरे सफलता मिल्ने जिकिर गरिन्। 

उपसभामुख रानाले भनिन्, ‘हामीले ठूलो ठूलो कुरा गर्ने भन्दा पनि हामी अनुशासित हुनुपर्छ। टाइमलाई हामीले समात्न सकेनौँ भने हामी कहिले पनि कतै पुग्न सकिँदैन। महिलाहरू एकतावद्ध हुनुपर्छ र मात्रै समाज परिवर्तन हुन्छ। सामाजिक, आर्थिक, राजनीतिक रूपान्तरणको कुरा गर्दछौँ तर हामी खेल खेल्छौँ। कहिले पनि परिवर्तन हुँदैन।’ 

सो अवसरमा उनले पुरुष र नारी दुवै मिले मात्रै परिवर्तन सम्भव रहेको बताइन्।

कमेन्टहरु