देश

अवैधानिक कमिटीले सोधेको स्पष्टीकरणको जवाफ दिँदैनौं, जबर्जस्ती अगाडि बढ्न खोजे मानहानीको मुद्दा हाल्छौँ : रामकुमारी झाँक्री

जगत ठाडा मगर
२०७८ साउन ४ | मध्यान्ह ०६:०४ बजे

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले ओलीपक्षले केन्द्रीय कमिटी बैठकबाट २२ जना सांसदलाई अनुशासनको कारबाहीका लागि भन्दै सोधेको स्पष्टीकरणको कुनै अर्थ नभएको टिप्पणी गरेकी छन्।

झाँक्रीले स्पष्टीकरणको अर्थ नभएको, स्पष्टीकरण नदिइने र जबर्जस्ती कारबाहीको निर्णय गरे अदालतको मानहानीमा मुद्दा हाल्ने चेतावनीसमेत दिइन्। एमालेका २२ जना प्रतिनिधि सभा सदस्यले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए।

२२ जनामध्य झाँक्री पनि थिइन्। सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनीहरुलाई अनुशासनको कारबाहीका लागि २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। झाँक्रीले ‘त्यो आफैंमा अवैधानिक कमिटी हो, त्यसलाई स्पष्टीकरण सोध्ने अधिकार नै छैन, हामी अवैधानिक कमिटीले सोधेको स्पष्टीकरणको जवाफ दिँदैनौं’ भनेका छन् ।

झाँक्रीले ‘जबर्जस्ती अगाडि बढ्न खोजे भने यो सीधा अदालतको मानहानी हुने विषय हो, हामी मानहानीको मुद्दा हाल्छौं।’ भनी चेतावनी समेत दिएकी छिन् ।

कमेन्टहरु