इन्द्रेणीका कृष्ण कँडेलले कलाकार पल्पसा(चम्सुरी) लाई सहयोग गरे


काठमाडौ । दुवै मृगौलामा गम्भिर समस्या देखिएको कारण केही सातादेखि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारत कलाकार पल्पसा डंगोल ‘चम्सुर’लाई लोक गायक कृष्ण कँडेलले आर्थिक सहयोग गरेका छन् ।
गायक कडेलले अस्पतालमा पुगेर ७० हजार नगद सहयोग गरेका हुन् । कडेलले आफ्नो टेलिभिजन कार्यक्रम इन्द्रेणीको तर्फबाट उक्त सहयोग गरेका हुन् ।
उक्त अवसरमा राष्ट्रिय संगीतकर्मी संघका महासचिव विक्रमजंग शाहले पनि आफ्नो ब्यक्तिगत तर्फबाट १० हजार सहयोग गरेका छन् । आफुले सहयोग गर्दै गायक कँडेलले कलाकार डंगोलको सहयोगमा अपिल समेत गरेका छन् ।
विगत ५ बर्षदेखि मृगौलामा समस्यासँग जुध्दै आएकी डंगोलको दुबै मृगौला प्रत्यारोपण गर्नु पर्ने चिकित्सकहरुले बताएका छन् । टेलिसिरियल ‘मेरी बास्सै’मा चम्सुरीको भूमिका निर्वाह गरेर चर्चित डंगोलले थुप्रै सिरियल, म्युजिक भिडियो अभिनय गर्नुको अलवा निर्देशन समेत गरेकी छन् ।























