भूमि अध्यादेश हराएको छैन, निर्धारित समयभित्रै पारित हुन्छ: संचारमन्त्री गुरुङ

नवलपुर टुडे
२०८१ फाल्गुन २३ | मध्यान्ह ०१:११ बजे

काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्धारित समयभित्रै भूमि अध्यादेश पनि पारित हुने दाबी गरेका छन् । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्री गुरुङले सो कुरा बताएका हुन् ।
उनले भूमि अध्यादेशबारे सत्तारुढ दलहरूबीच छलफल चलिरहेको बताएका छन् । सञ्चारमन्त्री गुरुङले भने, ‘सरकारले ६ वटा अध्यादेश जारी गरेको थियो । जारी भएको अध्यादेश सांसदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार पाँच वटा प्रतिनिधि र राष्ट्रियसभाबाट पारित भइसकेका छन् । एउटा बाँकी छ । ६० दिनभित्र पास गर्नुपर्ने हुन्छ ।
भूमि अध्यादेशमा सत्तारुढ दलहरूबीच फेरि छलफल र विस्तृत सहमति गर्न आवश्यक छ। त्यसैले त्यो हराएको छैन ।’ भूमि अध्यादेश पारित गर्न जसपा नेपालले अस्वीकार गरेपछि अहिले होल्डमा राखिएको छ ।























