देश

वरिष्ठ नेता माधव नेपालविरुद्ध युवा संघ नेपालको प्रदर्शन

जगत ठाडा मगर
२०७८ साउन ४ | मध्यान्ह ०६:०४ बजे

कामठाडौं । नेकपा एमालको युवा संघ नेपालका कार्यकर्ताहरुले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी र प्रदर्शन गरेका छन् ।

सोमबार युवा संघको काठमाडौं क्षेत्र नम्बर २ का कार्यकर्ताले माधव नेपालविरुद्ध नाराबाजी र प्रदर्शन गरेको हो । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालसहितका नेताहरुले विश्वासको मत दिएका थिए ।

सोही घटनालाई लिएर नेता नेपालविरुद्ध नाराबाजी भएको हो । युवा संघका कार्यकर्ताले सांकेतिक रुपमा नेता नेपालको दाह संस्कार पनि गरेका छन् । तर प्रहरीले हस्तक्षेप गरी आगो निभाएको थियो ।

कमेन्टहरु