देश

एमाले अध्यक्ष केपी ओलीले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि माधव समूह छलफलमा

जगत ठाडा मगर
२०७८ साउन ४ | मध्यान्ह ०५:०४ बजे

काठमाडौ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् ।

सोमबार बसेको एमाले केन्द्रीय कमिटीले माधव नेपाल समूहका २२ नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालसहित नेपाल पक्षीय २२ जना सांसदले विश्वासको मत दिएका थिए ।

ओलीले स्पष्टीकरण सोधेपछि सम्भावित रणनीति बनाउन तथा एकता प्रक्रिया र आगामी राजनीतिक यात्राबारे छलफल आयोजना गरिएको नेपाल निकट स्रोतले जानकारी दियो ।

कमेन्टहरु