राष्ट्रपतिसमक्ष ६ देशका राजदूतद्वाराओहोदाको प्रमाणपत्र पेस

नवलपुर टुडे
२०८१ फाल्गुन २२ | मध्यान्ह ०७:११ बजे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि ६ देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा विभिन्न ६ देशका नवनियुक्त राजदूतले छुट्टाछुट्टै रूपमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।
ओहोदाको प्रमाणपत्र पेस गर्नेमा गणतन्त्र गिनी, गणतन्त्र युगाण्डा, बोस्निया तथा हर्जगोभिना, गणतन्त्र ग्वाटेमाला, इटाली र ग्रीसका गैरअवासीय राजदूत रहेका छन् ।
उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।























