राजनीति

कुलमान घिसिङ ‘बाउ बन्न खोज्दा’ समस्या: ऊर्जामन्त्री खड्का

नवलपुर टुडे
२०८१ फाल्गुन २२ | मध्यान्ह ०३:११ बजे

काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ‘बाउ बन्न खोज्दा’ समस्या भएको बताएका छन् । ३२ वर्षको ठिटो र ८९ वर्षको बाउको उदाहरण दिँदै उनले ठिटोले आफैँ बाउ हुँ भन्ने भ्रम पालेकोले समस्या भएको बताए ।

‘३२ वर्षका ठिटाले ८९ वर्षका बाउलाई तिमी जेठा चैँ हौ, बाउ चाहिँ मै हो, त्यसैले मै चलाउँछु भनेपछि समस्या भएको मात्रै हो । म ३२ वर्षको युवा नै हो । बाउलाई सघाउँछु भनेको भए यस्तो कहाँ हुन्थ्यो होला र ? माया त छँदैछ फेरि पनि ।’कुलमानमाथि प्रष्टीकरणबारे सांसदहरूले सोधेको प्रश्नमा जवाफ दिँदै उनले कुलमानमाथि विभिन्न आरोप लगाएका छन् ।

कार्यसम्पादन मूल्याङ्कनमा अटेरी गरेको, प्राधिकरणका विवरण उपलब्ध नगराएको, हुँदै नभएको नाफा देखाएको, अख्तियारी नै नलिई भारतसँग मूल्य बढाउने गरी विद्युत् खरिद बिक्री सम्झौता गरेको उनको आरोप छ । उनले लोडसेडिङ अन्त्य गराउँदा कुलमानले ४५० मेगावाट बिजुली भारतबाट आयात गरेको भन्दै कुलमानकै कारणले लोडसेडिङ अन्त्य नभएको समेत दाबी गरे ।

 

कमेन्टहरु