अमेरिकाबाट फर्काइएकालाई परिवारको जिम्मा लगाइयो

नवलपुर टुडे
२०८१ फाल्गुन २२ | बिहान १०:११ बजे

काठमाडौं, फागुन २२। अमेरिकाबाट डिपोर्ट भएका ८ जना नेपाली नागरिकलाई प्रहरीले परिवारको जिम्मा लगाएर छाडेको छ । अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं पठाएका नेपाली नागरिकहरुलाई सोधपुछपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले परिवारको जिम्मना लगाएको हो ।
ग्रिफान एयरको बुधबार चार्टर्ड विमानमार्फत ८ जना नेपाली बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । त्यसपछि अध्यागमन विभागले उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बुझाएको थियो । ब्यूरोले अमेरिकाबाट फर्काइएका नेपालीहरुसँग विविध विषयमा सोधपुछ गरेको थियो ।
उनीहरुलाई हत्कडी र नेल लगाएर ल्याएको खुलेको थियो ।























