ब्राउन सुगरसहित पर्सामा वडा अध्यक्ष र सदस्य पक्राउ


बिनोद मण्डल
पर्सा । लागुऔषध ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ परेका छन् । पर्साको पकाहामैनपुर गाउँपालिका– १ का वडाध्यक्ष ५५ वर्षीय अमेरिका सहनीसहित तीन जना पक्राउ परेका हुन् ।
प्रहरीले ७९ ग्राम खैराे हिराेइनसहित अध्यक्षसँगै रहेका वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय रामआदेश सहनीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार वीरगञ्जबाट पोखरियातर्फ जाँदै गरेका उनीहरुलाई आइतबार राति साढे १० बजे पक्राउ गरिएको हो ।
वीरगञ्ज महानगरपालिका – १९ मा इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले खानतलासी गर्दा वडा अध्यक्ष अमेरिकाले चलाएको ना१ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर नजिकै खैरो हिरोइन ७९ ग्राम फेला परेको थियो ।
खैराे हिराेइन फेला परेपछि उनीसँगै ना६२प १९४२ नम्बरको मोटरसाइकलमा आएका वडा सदस्य बलिष्टर र राम आदेशलाई पनि पक्राउ गरेकाे हाे ।























