मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश
पालिका स्तरीय वार्षिक परिक्षा फागुन २७ गतेबाट सञ्चालन हुने


बाजुरा , फागुन २१ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका पालिका स्तरीय वार्षिक परिक्षा फागुन २७ गतेबाट सञ्चालन हुने भएको छ । आधारभूत तह (कक्षा ५ र ८) को अन्तिम सामुदायिक विधालयका विद्यार्थीहरु परीक्षा गाउँपालिकाले परिक्षा लिने भएको छ ।
गाउँपालिकाको गाउँ शिक्षा समिति एवम् पालिका स्तरीय आधारभूत तह अन्तिम परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको फागुन १६ गतेको बैठकको निर्णयानुसार शैक्षिक सत्र २०८१ आधारभूत तह (कक्षा ५ र ८) को अन्तिम परीक्षा बिच्छ्या माध्यमिक विधालय र भवानी माध्यमिक विधालय धुलाचौरमा सहित दुई वटा परीक्षा केन्द्रमा परीक्षा संचालन हुने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रगुनाथ अवस्थितले बताउनुभयो ।
कक्षा ५ को परीक्षा वडाको केन्द्रमा रहेकोे सातै वडाको केन्द्रको सामुदायिक विधालयमा परिक्षा केन्द्रहरु तोकिएको छ । आधारभूत तह कक्षा ५ र ८ परिक्षा फागुन २७ गते दिउँसो १ बजेबाट सञ्चालन हुने भएको छ ।
पालिका स्तरीय आधारभूत र माध्यमिक तह (कक्षा १,२,३,४,६, ७ र ९) को अन्तिम परीक्षाको केन्द्र पालिका भित्रका २२ वटा सामुदायिक विधालयमा परिक्षा फागुन २७ गते बिहान ९ बजे बाट सञ्चालन हुनेभएको छ । पालिका स्तरीय वार्षिक परिक्षा चैत ५ गतेसम्म सञ्चालन रहने हिमाली गाउँपालिकाले जानकारी दिएको छ ।























