देश

पत्रकार सम्मेलन बोलाएर उपस्थित भएनन् अधिकृत शाह

जगत ठाडा मगर
२०७८ साउन ४ | मध्यान्ह ०२:०४ बजे

बिनोद मण्डल
सप्तरी । सप्तरीको तिरहुत गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बीचमा बजेट फ्रिज र हिनामिना गरेको आरोपमा चलिरहेको विवादबाट चोखिनको लागि प्रशासकिय अधिकृत रेणुका कुमारी शाहले नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा पत्रकार सम्मेलनको लागि जिल्लाका विभिन्न सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरु बोलाएर आफू उपस्थित हुनु भएन ।

इन्जिनियर खुरसेक ईक्राइम र शव इन्जिनियर चन्दन यादवमार्फत हाकिम सम्मेलनमा उपस्थित नहुने जानकारी पाएपछि पत्रकारहरु आक्रोशित बनेका पत्रकार महासंघ सप्तरीका सचिव रामनारायण विश्वासले जानकारी गराउनु भएको छ ।

स्थानिय सरकार आएपछि असारे विकास समिति गठन गरेर विकास लापरवाही हिसाबले गर्ने गराउने परम्पराले गर्दा अाम जनता पीडित मात्र नभएर सास्ती भोग्दै आएको वर्तमान घडीमा पदमा बस्नेहरू बजेट सिध्याउनु अनि कमिसनमा लिप्त भएर काम अघि बढाउनु आजको संस्कृति नै बनेको अवस्था छ ।

हचुवा किसिमले पत्रकारहरुलाई बोलाएको सम्मेलनमा उपस्थित नहुने सरकारी कर्मचारीलाई कानुनी कारबाही अगाडि बढाउन जरुरी छ

कमेन्टहरु