अपराध

पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद लागुऔषध मुद्दामा दोषी ठहर

नवलपुर टुडे
२०८१ फाल्गुन २१ | मध्यान्ह ०४:११ बजे

नवलपरासी, फाल्गुन २१ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता लागुऔषध मुद्दामा दोषी ठहर भएका छन । नवलपरासी जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले मंगलबार गरेको फैसलाले अध्यक्ष गुप्तासहित दुई जनालाई लागुऔषधमा कसुर ठहर गरेको हो। 

दोषी ठहर हुनेमा बैजुप्रसाद गुप्ताको सहयोगी रघुनाथ प्रसाद धोबी रहेका छ्न । धोबी यसअघिनै पुर्पक्षाका लागि जिल्ला कारागार परासीमा धुनामा छन ।सो मुद्दाका अभियोगमा भारतीय नागरिक रामा गुप्ता भन्ने रामा साह र जीतेन्द्र पासवानले सफाई पाएका छन । उनीहरु यसअघिनै धरौतीमा रिहा भैसकेका छन । सो मुद्दाका अभियोग लागेका मन्टु भनिने विवेक प्रसाद पाण्डे अझै फरार रहेका छन ।

अध्यक्षसहित धोबीलाई अभियोग ठहर भएपनि सजाय निर्धारणका लागि फागुन २९ गते पेशी तोकिएको र सो पेशीले सजाय निर्धारणको फैसला हुने अदालतका शाखा अधिकृत सूचना अधिकारी भेषराज खनालले नवलपुर टुडेलाई जानकारी दिए।

कमेन्टहरु