राजधानीमा गुन्जियो ‘राजा आऊ देश बचाउ’


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा बृहत् मोटरसाइकल र्याली आयोजना गरेको छ। ‘राजा आऊ देश बचाउ’ नारासहित बबरमहलस्थित बिजुलीबजार पुलमा भेला भएका राप्रपाका नेता तथा कार्यकर्ताहरू माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, भोटाहिटी, जमल, दरबारमार्ग हुँदै नारायणहिटीसम्म मोटरसाइकल र्यालीमा सहभागी भए।
बुधबार मध्याह्न आयोजित उक्त र्यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ति शाही, प्रवक्ता ज्ञानेन्द्र शाही, लगायत नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए। र्यालीमा राष्ट्रिय झन्डासहित पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको तस्बिर प्रदर्शन गरिएको थियो।
राप्रपाले राजसंस्था पुनःस्थापना, सनातन सापेक्ष हिन्दु अधिराज्य, प्रदेश संरचना खारेजी, तथा भ्रष्टाचारको अन्त्यको माग गर्दै प्रदर्शन गरेको हो। व्यवस्था परिवर्तनको पक्षमा आवाज उठाउँदै आएको राप्रपाले आफ्नो मागलाई बल दिन राजधानीका विभिन्न मार्ग हुँदै नारायणहिटीसम्म मोटरसाइकल र्याली सम्पन्न गरेको जनाएको छ।























