समाचार

सुस्तामा खुलेयाम भारतीय नागरिकद्वारा अबैध मदिरा पसल संचालन, स्थानीय सरकार मौन

नवलपुर टुडे
२०८१ फाल्गुन २१ | मध्यान्ह १२:११ बजे

सुस्ता, फाल्गुन २१ । सुस्तामा भारतीय नागरिकहरुले अबैध मदिरा पसल संचालन गरिरहेको छ । सुस्ता गाउँपालिका- ५ सुस्ता पुल पारी भारतीय नागरिकले संचालन गरिरहेको मदिरा पसल बिना दर्ताको रहेको फेला परेको हो ।

बिबादित सुस्तामा संचालनमा रहेका अधिकांश मदिरा पसल भारतीय नागरिकले संचालन गरिरहेको पाईएको हो । यस विषयमा यस अनलाईनका टिमले बुझ्दा दर्ता बिना संचालन गरिएको बताए। मदिरा पसल गर्ने मध्येका एक जनाले नेपालमा मदिरा पसल गर्ने दर्ता गर्नुपर्छ र?” दर्ता कहाँ हुन्छ र ?” दर्ता गर्ने नेपाली नागरिकता पनि छैन । त्यस कारणले बिना दर्ता संचालन गरिएको उनले भने ।

यसबारेमा हाम्रो टिमले उनलाई सोधे बिना दर्ता मदिरा पसल संचालन गर्दा यहाँका सम्बन्धित निकायले अबरोध गर्दैन ? यसको उत्तर दिदै उनले भने कसले के गर्छ । यहि त छ हाम्रो देशको बिडम्वना । भारतीय नागरिकले नेपाली भुमिमा खुलेयाम मदिरा पसल संचालन गर्दा स्थानीय सरकार र सरोकारवाला मौन किन?

photo 2025 03 05 12 18 16

सुस्ता जस्तो बिबादित क्षेत्रमा खुलेयाम भारतीय नागरिकले मदिराको पसल सचालन गरिरहदा स्थानीय सरकार, जिल्ला प्रहरी कार्यालय र सिडिओ कार्यालय मौन रहनु दयनीय मान्नु बाहेक अन्य केही ठानिएन ।

यसबारेमा हाम्रो टिमले नवलपरासी सिडिओलाई कल गरेर बुझ्दा जिल्लामा भर्खर आएको र आफुलाई थाह नभएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालयका एसपीसंग बुझ्न आग्रह गरे । त्यसपश्चात सिधै जिल्लाका एसपीसंग बुझ्दा स्थानीय सरकारले अनुगमन गर्नु पर्ने र अनुगमन गर्दा प्रशासनको समन्वयमा गरिनुपर्ने बताए ।

अन्ततः हाम्रो टोलीले सुस्ता गाउँपालिकाका अध्यक्षलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन । सो बारेमा फेरि पालिकाका उपाध्यक्ष गिता चौधरीलाई सम्पर्क गरी बुझ्दा बिगत डेड महिनादेखि माघी औशी मेला, मादर बाबा मेला र शिवरात्री मेलाको ब्यबस्थापनमा ब्यस्त हुदा अनुगमन नगरिएको जानकारी दिईन ।

कमेन्टहरु