मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

विना प्रमाण आफुमाथी निराधार आरोप लगाई चरित्र हत्या गर्न खोजिएको : अध्यक्ष रोकाया

उमेश रोकाया
२०८१ फाल्गुन २० | बिहान १०:११ बजे

बाजुरा , फागुन २० । विना प्रमाण आफुमाथी निराधार आरोप लगाई चरित्र हत्या गर्न खोजिएको स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भर बहादुर रोकायाले बताएका छन् । गाउँपालिकामा तालाबन्दी भएको बिषयमा बुझ्दा विना प्रमाण आफुमाथी निराधार आरोप लगाई निकटतम व्यक्तिको नाममा ठेक्का नपरेको आवेगमा गाउँपालिकामा तालाबन्दी गरिएको अध्यक्ष रोकायाले बताएका छन् । आफुले कुनै गल्ति नगरेको तर गल्ति गरेको प्रमाण भए सजाय भोग्न तैयार रहेको उहाँले बताउनुभयो । राजनिति प्रतिशोध र निकटतम व्यक्तिको नाममा ठेक्का नपरेको आवेगमा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको अध्यक्ष रोकायाले बताउनुभयो ।

विना प्रमाण आफुमाथी निराधार आरोप लगाई आफ्नो चरित्र हत्या गर्न खोजिएको रोकायाले बताउनु भएको छ । कमिसन खाएको, भ्रष्टाचार गरेको, ठेका मिलाएको आरोप गलत मात्रै नभई खराब नियतका साथ गाउँपालिकामा ताला लगाइएको र आफ्नो चरित्र हत्या गर्ने बाहेक अरु कुनै विषय नभएको उहाँले बताएका छन् । स्वामीकार्तिक खापर गाउँपालिकाको कार्यालयमा सोमबार तालाबन्दी गरिएको छ । सोमवार दिउँसो गाउँपालिकाको कार्यालयमा सोही गाउँपालिका वडा नम्बर ३ जुकोटका स्थानियहरुले तालाबन्दी गरेका हुन् ।

आर्थिक बर्षको कार्तिक २७ गते मुक्तिकोट कुकमेन निर्माण गर्न ५ करोड रुपैयाको लगानीमा गाउँपालिकाले ठेक्का आहान गरेको थियो,त्यसलाई विभिन्न टिकाटिप्पोणी गर्दै गाउँपालिकामा तालाबन्दी गरिएको रोकायाको भनाई छ । स्वामिकार्तिक गाउँपालिकामा आफु पालिकाको अध्यक्षमा निर्वाचत भएको ढाई बर्षको अबधीमा पालिकाको निति नियम विपरित काम नगरेको र अहिले आफु माथी निराधार आरोप लगाई गाउँपालिकामा ताला लगाएको अध्यक्ष रोकायाको भनाई छ ।

उहाँले भन्नुभयो,“पालिकाको निति नियम विपरित काम नगरेको र अहिले आफु माथी निराधार आरोप लगाई गाउँपालिकामा ताला लगाइयो”। एकातिर अनियमितता भयो भनेर गाउँपालिकामा तालाबन्दि गर्ने अर्कोतिर पालिका अध्यक्ष लाई नै तथानाम गालि गलोज गर्ने काम भएको उहाँले बताउनुभयो । पालिकाको प्रमुखलाई नै जातियताका हिसावमा तथानाम गाली गलोज गर्नु ,हुँदा हुँदा जातियताको हिसावले खसिया भन्ने शब्द प्रयोग गरेर तँछाड मछाड सहितको हेपुवा प्रवृति देखाउनु कहाँ सम्मको असोभनिय कार्य हो, उनले बताए । आफु माथी विभिन्न टिकाटिप्पोणी गरि निराधार आरोप लगाउनुको कुनै औचित्य नभएको र आफुले कुनै गल्ति नगरेको यदी गल्ति गरेको प्रमाण भए सजाय भोग्न तैयार रहेको रोकायाको भनाई छ ।

विकट पालिकालाई विकासको लयमा फर्काउन आफु लागी रहँदा पछाडीबाट खुट्टा तान्नेहरुको जमात बढेको उहाँले बताउनुभयो । उहाँले भने,“ विकट पालिकालाई विकासको लयमा फर्काइरहँदा अनेक निहुँ खोजेर पछाडी बाट खुट्टा तान्नेको जमात बढीरहेको हो ” । एक असल कार्य गरिरहेको ब्यक्तिलाई बिभिन्न प्रतिशोधमा उसको खुट्टा तान्न खोज्ने, अगाडी बढ्न नदिने, बिना प्रमाण चरित्र हत्या गर्न खोज्ने कार्य निकै निन्दनीय रहेको उनले बताए । रुख चढिरहेको ब्यक्तिलाई पछाडीबाट खुट्टा समातेर तल पछार्ने कार्य गर्नु भनेको न आफु सफल हुन सक्नु,न अरुलाई सफल हुन दिनु हो । यस्तो निन्दनीय कार्यले मानिसहरुको प्रगती नहुनुको श्रेय दिन्छ त्यसैले कसैले कसैको पनि खुट्टा तान्ने कार्य नगर्न आग्रह गरेका हुन् । पालिकाको विकासमा आफु सदा कटिबद्ध रुपमा लागी परेको बिचमा कसैले प्रतिशोध साधेर अनेक हल्ला मच्चाउने, राम्रो कार्यलाई पनि बिगार्न खोज्ने, बिना प्रमाण अरुको चरित्र हत्या गर्न खोज्ने मान्छे आफु नै सिध्धिएर जाने उनले भने ।

यता तालाबन्दी गर्ने स्थानीय अगुवाहरुले पालिकामा ‘एकलौटी मनोमानी छ । समान खरिद देखि निर्माणका कामहरू समेत भित्री रुपमै सेटिङ गरेर मिलाउने काम भइरहेको ,’बताउँदै आएका छन् । अध्यक्ष रोकायाले कर्मचारीबाट समेत रकम दिने गरेको उनीहरुको दाबी छ । पालिकामा सडक निर्माण, मर्मतको काम पालिकाकै डोजरबाट हुन्छ, तर, पालिका अध्यक्ष रोकायाले कमिसनका लागि थप काम सिर्जना गर्ने र तेल समेत पालिकाको प्रयोग गरेर बजेट खर्च गर्ने गरेको उनीहरुको भनाई छ । पालिकामा सम्बन्धित फाँटका कर्मचारी, लेखापाल र प्रमुख प्रशासकीय अधिकृतको समेत मिलेमतो रहेको ,आफू खुसी निर्णय गरेर अध्यक्ष रोकायाले कार्य गर्दै गईरहेको उनीहरुको दाबी छ ।

गाउँपालिका अध्यक्ष रोकायाले भने, आफुले यस्तो कुनै निन्दनिय कार्य नगरेको बताउँदै आएका छन् । भन्नेले जे भने पनि आफुले पालिकाको विकासमा कुनै गलत कदम नचालेको उनको भनाई छ । भन्ने र खन्नेको केही भर नहुने हुँदा यस्ता भन्ने र खन्नेहरुको पछाडी नलाग्न समेत उनले आग्रह गरे । विना प्रमाण निराधार आरोप लगाएर चरित्र हत्या गर्ने बाहेक अरु कुनै विषय नभएको र पुष्टि गर्न अध्यक्ष रोकायाले चुनौती समेत दिएका छन् । उनले भने,“ हामी कुन संसारमा छौं, अझैं पनि राणाहरुको तानाशाहि प्रवृति भित्रका एक रैति हुँ, यो दादागिरी शैलिले दुर दराजको पालिकाका,विकट वस्तिको विकास कसरी हुन्छ ” । न आफू गर्ने न अरुलाइ गर्न दिने,कि ठेका आफ्नो नाममा पर्नु पर्ने,कि कमिसन खान पाउनु पर्ने, कहिले इन्जिनियर पालिका अध्यक्ष लाई कुट्न,उठ्ने त कहिले इन्जिनियर का बुवा समेतले जातिय हिसाबमा खसिया लगायतका अपशब्द,अश्लिल शब्द प्रयोग गरेर अध्यक्ष लाई दादागिरि देखाउने कार्य भएको बताउनुभयो ।

विभिन्न प्रतिशोध साधेर चरित्र हत्या गर्न खोज्नु,जातियताका हिसाबले उसको जातमाथी अन्याय गर्नु,बिभिन्न शब्दहरुको प्रयोग गरेर मानविय स्वभावलाई अमाननिवय स्वभावमा बदल्नु कस्तो अशोभनिय कार्य हो, यसले कस्तो फाइदा घाटा गर्छ होला, अध्यक्ष रोकायाले बताए । विना प्रमाण आफुमाथी निराधार आरोप लगाई चरित्र हत्या गर्न खोजिएको प्रति आफ्नो घोर आपत्ती रहेको उनले बताए । पालिकामा आफुले कुनै अशोभनिय काय, पालिकाको निति, नियम, हित विपरित कार्र्य गरेको प्रमाण देखाएको खण्डमा आफुले जस्तो सुकै सजाय भोग्न तयार रहने समेत बताए । जनताको जनअपेक्षा अनुसार नै काम गरिरहेको र गर्दै जाने बताउँदै भन्ने र खन्नेले जे भने पनि आफु पालिकाको प्रमुखको ओहोदामा रहँदा सम्म पालिकाको विकासमा दिनरात लागी रहने उनले बताए ।

पछिल्लो समय विकासको लयमा स्वामिकार्तिक निकै दौरानमा रहेको पाइन्छ । पहिलेको तुलनामा अहिले गाउँपालिकाको मुहार धेरै परिर्वतन भएको पाइन्छ । गाउँपालिकाको शिक्षा, स्वास्थ्य, सञ्चार, बिद्युत, यातायात लगायत अन्य पुर्वाधारको हिसावमा पनि गाउँपालिकाले फड्को मारेको देखिन्छ । सबै वडाहरुमा यातायातको पहुँच विस्तार भएको छ । न्युनतम आधारभुत आबश्यकताहरु स्थानीयले गाउँमै पाईरहेका छन् । स्वामिकार्तिक गाँउपालिका नेपालकै सबै भन्दा बढि गरिब भएको गाँउपालिका हो । गाँउपालिकामा ७५ प्रतिशत गरिवी छ । गाँउपालिका आर्थिक आय-आर्जनमा निकै पछाडी रहेको भए पनि गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले पालिकाको विकासलाई चुस्तदुरुस्त बनाउन दिनरात नभनेर काम गर्दै आउनु भएको छ ।

गाउँपालिकामा सड्क यातायात जोडिएपछि आर्थिक स्तर  बढेको देख्न सकिन्छ ।विकट क्षेत्रको पालिकालाई विकासको लयमा फर्काउन गाउँपालिका अध्यक्ष रोकायाले महत्वपुर्ण भुमिका निर्वाह गरिरहनु भएको छ । त्यहाँको गरिवी, अशिक्षा, भोकमरी, कुपोषण लगायतका समस्याहरुलाई परास्त गर्न गाउँपालिकाले महत्वपुर्ण कार्य गर्दै आईरहेको छ । पालिकाको विकासमा आफु लगायत सिंगो पालिका कटिबद्ध भएर लागी रहँदा पनि खुट्टा तान्ने, तानाशाही गर्ने, दादागिरी देखाउने, लगायतका अशोभनिय कार्य भई नै रहेको अध्यक्ष रोकायाले बताए ।

कमेन्टहरु