देश

रौतहटबाट सिक्सर पेस्तोलसहित तीनजना भारतीय पक्राउ

जगत ठाडा मगर
२०७८ साउन ४ | मध्यान्ह ०१:०४ बजे

रौतहट । रौतहट प्रहरीले मौलापुर नगरपालिका-५ स्थित मौलापुरदेखि कलैया जाने सडकबाट सिक्सर पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मोतिहारीग्राम बिजबनी बिहार घर बताउने २४ वर्षीय देवेन्द्र यादव लगायत तीनजना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले बिआर ०५ एपि ४०१६ नम्बर र बिआर ०५ ई ६४३४ नम्बरको मोटसाइकल जाँच गर्दा बिआर ०५ एपी ४०१६ नम्बरको मोटरसाइकल चालक देवेन्द्रको साथमा पेस्तोल फेला परेको हो ।

अहिले दुवै मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु