तस्कर

तस्करको गोदाममा प्रहरीको छापा, २४ क्विन्टल १९.५ किलो गाँजा र स्याउ बरामद

नवलपुर टुडे
२०८१ फाल्गुन १९ | मध्यान्ह ०४:११ बजे

प्रहरीले घरमा लगाइएको ताला तोडेर भित्र जाँदा ठूलो परिमाणमा गाँजा फेला परेको छ। बरामद गाँजाको तौल २४ क्विन्टल १९.५ किलो रहेको प्रहरीले जनाएको छ। साथै, स्याउ, चिनी, बोरामा प्याक गरिएका स्यानिटरी प्याड, सुर्ती लगायतका सामग्री समेत बरामद गरिएको छ।

गोदाम परिसरमा एक ट्रकमा स्याउ लोड भइरहेको बेला शंका लागेर प्रहरीले जाँच गरेको थियो। त्यसक्रममा गोदामभित्र छापा मार्दा ठूलो परिमाणमा शंकास्पद एवं अवैध सामग्री फेला परेको प्रजिअ दाहालले बताए। उक्त घर र बरामद सामानको मालिक को हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्टहरु