मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
फलाम खानीको सम्भाव्यता अध्ययन गर्न उद्योग मन्त्रालयलाई गौमुलको पत्र


बाजुरा , फागुन १८ । बाजुराको गौमुल गाउँपालिकाले फलाम खानीको सम्भाव्यता अध्ययन गर्न उद्योग मन्त्रालयलाई पत्र पठाएको छ। गाउँपालिकाले आइतवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पालिकामा फलाम खानीको सम्भाव्यता अध्ययन कार्य गर्न भन्दै पत्र पठाएको हो।
परापूर्वकालमा उत्खनन गरेर बनाइएका फलामका भाँडाकुँडा र औजारहरू रहेको तथ्यसहीत मन्त्रालयलाई सम्भाव्यता अध्ययन गर्न पत्र पठाएको पालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन्। पालिकाभित्रै उत्खनन गरी निर्माण गरिएका कतिपय फलामका औजार र भाँडाकुँडा हालसम्म पनि प्रयोगमा रहेकाे भन्दै सम्भाव्यता अध्ययन गरी दिन आग्रह गरेकाे जनाएकाे छ।
फलाम खानी उत्खनन गर्न सके मुलुकलाई फलामकाे कच्चा पदार्थकाे स्राेत पहिचान र यस क्षेत्रमा कलकारखाना स्थानपना भई समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएकाे छ। त्यस्तै गाउँपालिकाले सम्भाव्यता अध्ययनलाई पहिलो प्राथमिकतामा राखेर मन्त्रालयलाई सम्भाव्यता अध्ययन गर्न तत्काल आवश्यक प्राविधिक र बजेटको व्यवस्था मिलाइ दिन माग गरेकोे छ ।























