कर्णाली प्रदेश

अवरुद्ध नाग्म–गमगढी सडक ३ दिनपछि बल्ल सुचारु

नवलपुर टुडे
२०८१ फाल्गुन १८ | मध्यान्ह ०५:११ बजे

मुगु । हिमपात अवरुद्ध नाग्म–गमगढी सडक ३ दिनपछि बल्ल आइतवार बेलुका ५ बजेबाट सुचारु भएको छ। कर्णाली राजमार्ग अन्तरगत नाग्म–गमगढी सडकखण्डको सातमोड,सिप्टिचौर र बुलबुले क्षेत्रमा बाख्लो हिउँ जम्दा सडक अवरुद्ध भएको थियो।

अवरुद्ध सडकको हिउँ तथा झरेको पहिरो हटाउन शुक्रबारबाट सडक डिभिजन कार्यालय जुम्ला र नेपाली सेनाले शुरु गरेपनी आइतवार दिउँसो २ बजेमात्र सकिएकाले यो खण्डको सडकमा यातायत सुचारु भएको हो।

सडक सुचारु भएपछि मुगुबाट अन्य जिल्लामा जाने र मुगु तर्फ आउने मालवाहक तथा यात्रु वाहक सवारिका साधनहरु आ आफ्ना गन्तव्य तिर लागेका छन्।

Messenger creation D1F7F631 6A97 493A BABA 24BF29768CD8

नेपालकै प्रमुख गन्तव्य रारा ताल घुम्न आएका आन्तरिक पर्यटक सडक अवरुद्ध हुँदा ३ दिन देखि बुलबुलेमा बास बसेका थिए अब सडक सुचारु भयो रारा आउने पर्यटक,साना ठुला गाडी सबै आ आफ्नो गन्तव्य तिर हिडि सकेको प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले जानकारी गराए।

उनले भने, ‘हिउँ हटाउन सडक डिभिजनको एक्साभेटर सहितको टोलिले ३ दिनदेखि रातदिन नभनी हिउँ पन्छाउने काम गर्यो र बुलबुलेमा रहेको नेपाली सेनाले पनि सहयोग गर्दा सडक खोल्न सहज भयो।’

मेसिन र जनशक्ति परिचालन गरी भूलभुले, सात मोड र जिअ भिड क्षेत्रमा रहेको ४ किमि सडकको हिउँ र पहिरो हटाईएको सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले बताएका छन्।

कर्णाली राजमार्गको यही सडक भएर नेपालकै ठूलो ताल रारा ताल र प्रसिद्ध धार्मिक स्थल छायाक्षेत्र,रिणिमोक्क्ष र थार्पमष्टा पुगिने भएकाले यो सडक सधैँ व्यस्त सडक मानिन्छ।

कमेन्टहरु