मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बिच्छ्याँमा चारवटा झोलुङ्गे पुलको योजना एकैपटक स्वीकृत

उमेश रोकाया
२०८१ फाल्गुन १७ | मध्यान्ह ०५:११ बजे

बाजुरा, फागुन १७ । बाजुरा जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाको बिच्छ्याँमा तीन झोलुङ्गे र एक स्टिल ट्र्स पुलको योजना स्वीकृत गरिएको छ । हिमाले गाउँपालिका कार्यालयबाट सिफारिस भई आएको कादुरी एग्रीकल्चरल एड एशोसिएसन, ब्रिटिस गोर्खाज नेपाल के. ए. ए. ए. बि. जि. एन. को आर्थिक वर्ष २०८२/२०८३ को बजेटमा स्वीकृत भएका छन ।

उहाँले बताउनुभयो , “हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्याँ खोला (तिलचौर) झोलुङ्गे पुल, बिच्छ्याँ खोला (गेरोचोटा ) झोलुङ्गे पुल, वडा नम्बर १ र २ को बिच्छ्याँ खोला झोलुङ्गे पुल र वडा नम्बर २ को सिउडेनी खोला स्टिल ट्रस पुल योजना एकैपटक चार वटा पुल स्वीकृत गरेका छन ।” स्वीकृत भईसकेको हुनाले अब उप्रान्त अन्य कुनै संघ संस्था (सरकारी वा गैरसरकारीबाट स्वीकृत एवम निर्माण नगर्नु हुन र योजना नजुधाउनु हुन पत्र मार्फत जानकारी गराएको कादुरी एग्रीकल्चरल एड एशोसिएसन, ब्रिटिस गोर्खाज नेपालका टेक्निकल डाइरेक्टर डा. नारायण गुरुले बताउनुभयो ।

उक्त स्वीकृत भएका योजना बिच्छ्याँ खोला (तिलचौर) झोलुङ्गे पुल र बिच्छ्याँ खोला झोलुङ्गे पुलको निर्माण मिति २०८२ कार्तिक ८ गतेबाट सञ्चालन हुने जानकारी गराएको छ । भने बिच्छ्याँ खोला (गेरोचोटा ) झोलुङ्गे पुल मिति २०८२ माघ २४ गते र सिउडेनी खोला स्टिल ट्रस पुल योजना २०८२ फागुन ४ गतेदेखि पुल निर्माण योजनाको सुरु हुने प्रस्तावित मिति समेत पत्रमा उल्लेख गरिएको गुरुले बताउनुभयो ।

उहाँले बताउनुभयो , “कावुरी एग्रीकल्चरल एड एशोसियसन ब्रिटिश गोर्खाज नेपाल संग हिमाली गाउँपालिकाले समन्वय गरेर लामो प्रयासपछी बिच्छ्याँका चार वटा स्थानमा झोलुङ्गे पुल निर्माण योजना स्वीकृत गर्न सफल भएको हो ।” आफ्नो अर्थ प्रयासबाट एउटा स्टिल ट्रस र तीन वटा झोलुङ्गे पुल निर्माणका लागी कावुरी एग्रीकल्चरल एड एशोसियसनले हिमाली गाउँपालिका सिफारिस गरिएका पुलको स्वीकृत गरिएको अरु कुनै सरकारी तथा गैरसरकारी संस्थामा नजुधाउनु हुन पत्र समेत आफू कहाँ पुगेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

गाउँपालिकाबाट बजेट नभ्याउने हुँदा बिच्छ्याँमा झोलुङ्गे पुल निर्माण गर्न गार्‍हो भएको हो । अहिले कावुरी एग्रीकल्चरल एड एशोसियसन संस्था संग समन्वय सहकार्य गरेर एकैपटक चारवटा पुल स्वीकृत गरिएका छन । भौगोलिक बनावटले गर्दा पनि छिटो सडक संजाल जोड्न नसकेको अध्यक्ष मल्लले बताउनुभयो । अब हिमाली गाउँपालिका र ताजाकोट गाउँपालिका संयुक्त लगानीमा हिमाली गाउँपालिका – १ गाउँमा सडक जोडिने गरि सडकको ठेक्का गरिएको छ । अब कावुरी एग्रीकल्चरल एड एशोसियसन ४ वटा स्थानमा पुल निर्माण हुदा साथ त्यहाँका स्थानीयलाई आवतजावत गर्न सजिलो हुने भएको छ । विशेषगरी बर्खाको समय खोलामा तर्नु पर्ने समस्याको स्थिति छ त्यो समस्याको समाधान हुनेभएको छ ।

कमेन्टहरु