तस्कर

नवलपरासीका सिमानाका तस्करीको अखडा बन्दै, सेटिङमै हुन्छ दैनिक करोडौंको तस्कर(तस्बिर भिडियोसहित)

नवलपुर टुडे १
२०८१ फाल्गुन १७ | मध्यान्ह ०१:११ बजे

काठमाडौ, फागुन १७ । नवलपरासीको सिमानाका हुँदै तस्करी बढ्दै गएको जनगुनासो स्थानीयहरुबाट आईरहेका बेला हाम्रा यस मिडियाका सहकर्मीहरुको स्थलगत रिपोर्टिङको क्रममा पनि तस्करी गरिरहेको भेटिएको छ । सिमानाका गेर्मी, हकुई, भुजहवा, महेशपुर, बसहिया, प्रसौनी, रामनगर लगायतका नाकाबाट तस्करी भैरहेको हो । यो नाका तस्करीको अखडानै बनेको स्थानीयहरुले जानकारी दिए । यस जिल्लाका नाकाबाट रातिमा मात्र नभैइ दिउँसोमा पनि तस्करी गरिरहेको भेटिन्छ ।

यी नाका हुदै भारतबाट अबैधरुपमा दैनिक करोडौंको तस्करी भैरहेको छ भने, नेपालबाट भारतमा पनि करोडौंको अबैध कारोबार गरिरहेको तथ्य खुलेको हो । तस्करले दैनिक यी नाका हुँदै भारतबाट कपडा, टायल, हार्ड्वेर, चिनी, दाल, खाद्य सामान, काजु बदाम, मोबाइल, भाडा बर्तन, किरानाका सामान, भैसी, पाडा, खसि,बोका, ब्रोईलरका कुखुरा/चल्ला अबैधरुपमा ल्याउने गरिन्छ ।

त्यसैगरी नेपालबाट यी नाका हुँदै लसुन, मकै, सुपारी, करोडौंको मुल्यका कवाडी अबैधरुपमा तस्करी हुदैछ ।यति मात्र होइन, नेपालबाट कवाडीका नाममा विभिन्न किसिमको अबैध सामान, लागुऔषध गाँजाचरेस र भुटानी माटोको तस्करी हुने गरिन्छ । यी बिषयमा बिगतका तथ्यहरुले पनि छर्लङ बुझ्न सकिन्छ । सीमानाकाको महेशपुर नजिकै गणेशपुर र बसहियामा कवाडीको ठूलो गोदाम छ । सो गोदामबाट कवाडसंगै विभिन्न किसिमको अबैध सामान भारत जाने र भारतबाट अबैध तरिकाले विभिन्न किसिमका सामान नेपाल भित्रिने गर्दछ । केही दिनअघि महेशपुरको गणेशपुरमा झण्डै ३० गाडी कवाडीको सामान संकलन गरिएर राखिएको सुचना बाहिरियो । सो कवाडको बारेमा अहिले बुटवलस्थित राजश्व कार्यालयले अनुसन्धान गरिरहेको छ । भारतीय नागरिक सन्तोष गुप्ताले अहिले राम नरेश यादव, अनिल गुप्ता, दिलिप पाण्डेय र बब्लु सिंहलाई समेत साथमा लिएर सनईको प्रहरी चौकीका असईलाई मिलाएर पडरी नाकाबाट कवाडी तस्करी गरिरहेका छन् ।

त्यस्तै प्रतापपुर गाउँपालिका- ५ को बसहीया नाकामा एउटा ठूलो कवाडको गोदाम छ । त्यहाँबाट कवाडको नाममा विभिन्न किसिमको अबैध सामान भारत पठाउने र भारतबाट अबैध सामान नेपाल ल्याउने काम गरिन्छ । यसका मुख्य संचलाक सोही वडाका जननिर्वाचित वडा अध्यक्ष रमेश कानु बानियाँका हुन । हाल उनले आफ्नो सहयोगी हिमालय कोईरी र छोटेको जिम्मेवारीमा चलाईरहेका छन । यी नाकाबाट महिनामा करोडौं टायर लगायत कवाडका सामान अबैधरुपमा भारत तस्करी गरिन्छ । यसनाकाबाट अबैध कारोबार गर्नेले बसहिया प्रहरी चौकीको इन्चार्जलाई महिनावारी बुझाउने श्रोतले बताउछ ।

यी बाहेक जिल्लाका हरेक नाकाबाट तस्करी गर्ने मध्येका ब्यक्तिहरु हुन, मिनु संजय, बेचु बलदेव, अशोक, मनोज रौनियार, अशोक रौनियार, बेचे गुप्ता, सुभास र अमर । यिनिहरुले पनि कपडा, टायल, हार्ड्वेयर, किराना गल्ला, मोबाईल, काजु लगायतका तस्करी गर्छन । अहिले जति पनि तस्करी भैईरहेका छन । सबैले सिमानाकाका सुरक्षा निकायका इन्चार्जहरुलाई महिनावारी बुझाउने तथ्य खुलेको छ ।

तस्बिर/भिडियो:

photo 2025 03 01 13 13 21 photo 2025 03 01 13 13 08 photo 2025 03 01 13 13 13 photo 2025 03 01 13 13 11

 

कमेन्टहरु