मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुराका १५ बर्षिय बालक बुढथापा काठमाडौमा सम्पर्क बिहिन

उमेश रोकाया
२०८१ फाल्गुन १६ | बिहान ०७:११ बजे

बाजुरा , फागुन १६ । बाजुरा जिल्लाको पुर्वि उत्तरी भेगमा रहेको हिमाली गाउँपालिका – ५ घरभई हाल काठमाडौँको कपन हरियो पुल नजिकै बस्दै आएका १५ बर्षिय बालक निखिल बुढथापा ५ दिनदेखि सम्पर्क विहिन भएका छन् । काठमाडौं कपन हरियो पुल नजिकै गणेश बहादुर मल्लको घरमा काम गर्दै, संगसगै आफ्नो पढाईलाई निरन्तरता दिदै आईरहेका ८ कक्षामा पढ्ने बुडथापा फागुन १२ गते बिहान ४ बजेको समयमा घरबाट निस्केको र भागेको भन्ने घरबेटिले अक्त बच्चा अहिले सम्म घरपरिवार र आफ्न्तहरू कसैको पनि सम्पर्क नआएको बताइएको छ ।
होचो कद तथा गोरो अनुहार भएका ५ दिनदेखि घरपरिवार र आफ्न्तहरु संग सम्पर्क विहिन रहेका बालक बुढथापाको खोजी कार्य गरिदिन तथा कसैले फेला पारेमा ९७६५२९१८९७ र ९८५७०४४४९२ मा सम्पर्क गर्न बालकका घर परिवार तथा आफन्तहरुले आग्रह गरेका छन् ।


















